Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Article 
 
Picture of the day  
 
ग्रामीण पर्यटन विकास गर्न नगरकोटमा होमस्टे योजना शुरु
-ईश्वरकाजी खाइजू
भक्तपुर । नगरकोटको पर्यटन उद्योगले होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरुले मात्र फाइदा लिइरहेको स्थानीय वासिन्दाबाट गुनासो आएपछि उक्त क्षेत्रमा ग्रामीण पर्यटन विकासका पर्ूवाधार तयारी शुरु गरिएको छ ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिले नगरकोट क्षेत्रको पर्यटन उद्योगको प्रतिफल
 स्थानीय वासिन्दासम्म पुर्‍याउन ग्रामीण पर्यटन विकासको योजना अघि सारेको हो ।
समितिका अध्यक्ष श्यामभक्त कायस्थका अनुसार ग्रंामीण पर्यटनअर्न्तर्गत नगरकोटको पर्यटन उद्योगको थप विकास तथा विस्तार गर्न स्थानीय वासिन्दालाई नै प्रत्यक्ष सहभागी बनाइने योजनामा उल्लेख छ ।
र्'पर्यटन उद्योगलाई गाउँस्तरमा लगी स्थानीय वासिन्दालाई त्यसमा प्रत्यक्ष सहभागी बनाउने ग्रामीण पर्यटनको मुख्य उद्देश्य हो । यसले स्थानीय वासिन्दाको आर्थिक स्तरमा वृद्धि हुनुका साथै उनीहरुले पनि पर्यटनको अर्थ र महत्व बुझ्नेछन्', उनले भने ।
उनले नगरकोट क्षेत्रमा पर्ने भक्तपुर जिल्लाको नगरकोट गाविस, काभ्रेको नाल्दुम र काठमाडौंको कार्तिके गाविसमा ग्रामीण पर्यटन पर््रवर्द्धनअर्न्तर्गत होमस्टे योजना लागू गरिने बताए ।
होमस्टे योजनाअर्न्तर्गत तीन गाविसका स्थानीय वासिन्दका ५० घरलाई समावेश गरिनेछ र उक्त प्रत्येक घरमा कम्तीमा दर्ुइ र बढीमा चारजनासम्म पर्यटनलाई खाने र बस्ने व्यवस्था मिलाइनेछ ।
समितिका सचिव दीपक लामिछानेका अनुसार होमस्टेमा छानिएका घरहरुमा तातो पानीले नुहाउने व्यवस्थासहितको राम्रो शौचालय, व्यवस्थित र आरामदायी दर्ुइ कोठाको व्यवस्था भएको हुनपर्नेछ । त्यस्तै घरमा पाक्ने दाल, भात, तिहुन, गुन्द्रुक, ढिडोलगायत मौलिक एवं परम्परागत नेपाली खाना नै पाहुनाहरुलाई खुवाउने व्यवस्था हुनर्ुपर्छ । 'यसरी खुवाउने खाना पाहुनाहरुले कुनै किसिमको गुनासो नगर्ने स्वस्थकर एवं ताजा हुनु अनिवार्य छ' सचिव लामिछानेले भने ।
विदेशी पाहुनाहरुलाई नै खानाका परिकारहरुबारे जानकारी दिएर उनीहरुलाई पकाउने तरिका सिकाउने, आफ्नो मौलिक जीवनशैली, कला र संस्कृति तथा संस्कारहरु सिकाएर पारिवारिक व्यवहार गरे झन् काइदा हुने उनले जोड गरे ।
समितिले पर्यटन वर्ष२०११ लाई केन्द्रित गरेर होमस्टे योजना कार्यान्वयन गर्ने ढंगले कार्य भइरहेको जनाएको छ । समितिका पर्ूवकोषाध्यक्ष बद्रीप्रसाद माकले उक्त योजनाको प्रारम्भिक चरणमा नगरकोट गाविसका ७ र ८, नाल्दुम गाविसको ८ र कार्तिकेको ७ नम्बर वडामा होमस्टेका लागि घर छनोट गरिने बताए ।
उनले होमस्टे सञ्चालन गर्न चाहने स्थानीय वासिन्दालाई होमस्टे चलाउन आवश्यक पर्ने पर्ूवाधारहरु तयार गर्न समितिले ऋण सहयोग गर्ने जानकारी दिए ।
'हामीले होमस्टे चलाउन चाहनेहरुलाई संघमा जानकारी दिन भनिसकेका छौं, केही घरहरु प्रक्रिया आएका छन्, यसरी प्रक्रियामा आएका घरहरुको अध्ययन गरी ऋण सहयोग गर्ने कार्य अघि बढाउँछौं', समितिका अध्यक्ष कायस्थले भने ।
उनले नगरकोट क्षेत्रमा स्थानीय वासिन्दाहरुको पातलो बस्ती भएको हुँदा समितिले योजना अघि बढाए पनि अपेक्षाकृत गतिमा कार्य हुन नसकेको बताए ।
नगरकोट क्षेत्रमा ठूलासाना गरी ६० वटाको संख्यामा रहेका होटल तथा रेस्टुरेन्टहरुको वेड क्षमता एक हजारमात्र रहेको छ । पर्यटन वर्ष२०११ को अवसरमा बढीभन्दा बढी पर्यटकहरुको नगरकोट बसाइ सरल र सहज बनाउन तथा बास लम्ब्याउन होमस्टे योजना शुरु गरिएको हो । यो योजना सफल भए होटल व्यवसायजस्तै यसलाई ग्रामीण वासिन्दाकै सहभागितामा निरन्तरता दिइने समितिले जनाएको छ । 
नगरकोटको ऐतिहासिक एवं सांस्कृतिक पहिचान बर्ढाई पर्यटकलाई स्थानीय उत्पादन, कला, संस्कृति, जीवनशैली, संस्कारबारे जानकारी दिने होमस्टे योजनाको प्रमुख लक्ष्य रहेको छ ।
                                                          
Post Comment View Comment ( 6219 ) Write own
 
Related Article
 
 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

ग्रामीण पर्यटन विकास गर्न नगरकोटमा होमस्टे योजना शुरु :. Mero Mero Bhaktapur, Naturally beautiful