Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Article 
 
Picture of the day  
 
डोलेश्वर धार्मिक पर्यटक क्षेत्र बन्दै
ईश्वरकाजी खाइजू 
भक्तपुर । केदारनाथको शीर भनी घोषणा गरिएको भक्तपुर सिपाडोल गाविसस्थित डोलेश्वर महादेव स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने भएको छ ।
उक्त स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न उक्त स्थानको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व उजागर गर्ने गरी गुरुयोजना निर्माण कार्य भइरहेको छ ।
भारत उत्तराञ्चल प्रदेशस्थित केदार वैराग्य पीठाधिश्वर श्रीश्रीश्री १००८ श्री भीमाशंकरलिङ्ग शिवाचार्य गत भाद्र ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शीर घोषणापछि मर्ूर्तिलाई पूजा गर्दर्ै ।
केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदरमानसिंह बस्नेतले डोलेश्वर महादेवस्थानलाई वृहत धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले उक्त गुरुयोजनाको रहेको बताए ।
उनका अनुसार उक्त गुरुयोजनाअर्न्तर्गत महादेवस्थानको क्षेत्रफल विस्तार गर्ने, केदारनाथको शीर भएको पुष्टि गर्ने अन्य पोखरी, विमलीघाट तथा क्षेत्रको संरक्षण गरी ती क्षेत्रहरुमा पनि भ्रमणको बन्दोबस्त गरिनेछ ।
फोटो:: भारत उत्तराञ्चल प्रदेशस्थित केदार वैराग्य पीठाधिश्वर श्रीश्रीश्री १००८ श्री भीमाशंकरलिङ्ग शिवाचार्य गत भाद्र ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शीर घोषणापछि मर्ूर्तिलाई पूजा गर्दर्ै ।
किम्बकदन्तीअनुसार महाभारत युद्धपछि पाँच पाण्डवहरु र्स्वर्गको यात्राको निम्ति निस्कन्छन् । केदारनाथको दर्शनपछि मात्र र्स्वर्ग प्रवेश पाउने आकाशवाणीपछि पायडवहरु केदारनाथको दर्शन गर्न हालको भारतस्थित उत्तरापन्थ जान्छन् । पाण्डवहरुले भाइबन्धु मारेर आएको हुँदा केदारनाथ उनीहरुलाई दर्शन दिनुपर्ला भनी भैंसीको रुप लिन्छ । उत्तरापन्थ पुग्दा केदारनाथलाई नदेखेपछि पाण्डवहरुले दिव्यदृष्टि लगाउँदा केदारनाथ भैंसी भएर बसेका चाल पाउँछ र उक्त भैंसीकहाँ जाँदा भैंसी भाग्न खोजेपछि पाण्डवहरुले पुच्छर समाउँछन् । पाण्डवले आफ्नो दर्शन गर्ला भनेर भैसी भएको केदारनाथले आफ्नो टाउको जमिनमा गाड्छ र पाण्डवहरुले उनको दर्शन गर्न पाउँदैनन् । त्यतिकैमा 'मेरो दर्शन गर्ने भए नेपाल उपत्यकामा आउनू' भन्ने आकाशवाणी हुन्छ ।
उक्त किम्बदन्तीअनुसार पाण्डवहरु डोलेश्वर आएर केदारनाथको दर्शन गरेर र्स्वर्ग गएका थिए । पाण्डवहरु त्यहाँ आएको पुष्टि गर्ने डोलेश्वर महादेव मन्दिरभन्दा केही सय मिटरपर विमलीघाटमा पाँच पाण्डवहरुको आकृति आउने ढुंगाका मर्ूर्तिहरु पाइएको छ । 
साथै गत भाद्र ६ गते भारत उत्तराञ्चल प्रदेशस्थित केदार वैराग्य पीठाधिश्वर श्रीश्रीश्री १००८ श्री भीमाशंकरलिङ्ग शिवाचार्यले डोलेश्वरलाई केदारनाथको शीर भएको घोषणा गर्दै पूजा तथा रुद्राभिषेक गरेका थिए ।
योजनाअर्न्तर्गत मन्दिर भ्रमण गर्ने भक्तजनहरुको संख्यालाई मध्यनजर गर्दै मन्दिर परिसरमा करिब ३० हजार सजिलै अटाउन सकिने गरी विस्तार गर्ने र सोही संख्यालाई घामपानीबाट बच्न ओत लाग्ने गरी मन्दिर वरिपरि सतल एवं पाटी निर्माण गरिने उनले बताए ।
डोलेश्वरलाई केदारनाथको शीर भएको घोषणा गरिएपछि उक्त मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य वृद्धि भएको समिति सदस्य हरिशरण बस्नेतले बताए ।
मन्दिरका पुजारी बच्चुराम जंगमका अनुसार शिवको बार पर्ने मंगलबार र शनिबार दैनिक एक हजारभन्दा बढी भक्तजनहरु डोलेश्वर महादेव मन्दिर पुग्ने गरेका छन् । अन्य दिनका पाँच सयको हाराहारीमा भक्तजनहरु डोलेश्वर आउने उनले बताए ।
उनका अनुसार मन्दिरमा भक्तजनहरुको आउने क्रम बढेसँगै मन्दिरको भेटी तथा आम्दानीमा पनि वृद्धि भएको छ ।
समितिका अध्यक्ष बस्नेतले दैनिक करिब ३५ हजार भेटी तथा चन्दा उठ्ने गरिएको बताए । मन्दिरको आम्दानीबाट मन्दिरको व्यवस्थापन, पूजारी र सफाइ कर्मचारीहरुलाई पारिश्रमिकको व्यवस्था गरिएको उनले बताए ।
यसैबीच डोलेश्वर मन्दिरको थप प्रचारप्रसार गर्न यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म मन्दिर प्राङ्गणमा शिव महिमा वर्ण्र्ाा रुद्राभिषेक तथा महामृत्युञ्जय महायज्ञ गरिने भएको छ ।
मन्दिर क्षेत्रको गुरुयोजनालाई मर्ूतरुप दिन आर्थिक संकलन गर्ने उद्देश्यले उक्त महायज्ञ गरिन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले जानकारी दिए ।

Post Comment View Comment ( 96 ) Write own
 
Related Article
 
 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

डोलेश्वर धार्मिक पर्यटक क्षेत्र बन्दै :. Mero Mero Bhaktapur, Naturally beautiful