Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Article 
 
Picture of the day  
 
भक्तपुरमा इलाकास्तरीय योजना तर्जुमा गोष्ठी
- ईश्वरकाजी खाइजू
भक्तपुर, ११ फागुन ः गाउँगाउँमा गएर योजना तर्जुमा गर्दै आएको भक्तपुर जिल्ला विकास समितिले विगतको परम्परालाई तोडेर सदरमुकाममै केन्द्रीकृत गोष्ठी गरेर योजना छनोट कार्य गरेको छ ।
  दर्ुइ निर्वाचन क्षेत्र, दर्ुइ नपा, १६ गाविस र ११ वटा इलाकामा विभाजित भक्तपुर जिविसले इलाकामा पर्ने गाविस तथा नपाका प्रमुख तथा र्सवदलीय राजनीतिक संयन्त्रका प्रतिनिधिहरु बोलाएर केन्द्रीकृत योजना तर्जुमा गोष्ठी गरेको हो ।
आर्थिक वर्ष२०६७/६८ को जिल्लाको योजनाको लागि जिविसले पहिलो चरणमा निर्वाचन क्षेत्र नं १ मा पर्ने पाँचवटा इलाका र दोस्रो चरणमा क्षेत्र नं २ मा पर्ने इलाकाहरुको इकालास्तरीय योजना तर्जुमा गोष्ठी गरेको हो । जिविसको जिल्ला परिषद् यही फागुन २८ गते हुनेछ ।
सम्बन्धित इलाकाका गाविस सचिव, स्थानीय दल तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा समूहगत छलफल गरी प्राथमिकताका आधारमा योजनाहरु छानिएका थिए ।
स्थानीय विकास अधिकारी प्रभा पाण्डेले विकेन्द्रीकृत रुपमा इलाकाइलाकामा गएर योजना दोहोरिने, बढी समय लाग्ने र आवश्यकता र प्राथमिकता नभए पनि स्थानीय जनताले बढीभन्दा बढी योजना पार्न बल गर्ने गर्दा वास्तविक योजना छनोटमा समस्या भएकोले केन्द्रीकृत योजना तर्जुमा गोष्ठी गरिएको बताइन् ।
उनका अनुसार केन्द्रीकृत रुपमा सीमित व्यक्तिहरुबाट योजना छनोट गर्दा स्थानीय जनताकै भावनाअनुसार अति आवश्यक योजना प्रस्ताव भएका छन् ।
गोष्ठीमा गाविस तथा इलाकाका प्रतिनिधिहरुले सम्बन्धित गाविसहरुको परिषद्बाट पारित गरिएका योजनामा पनि प्राथमिकीकरणका आधारहरुसँग दाँजेर पुनः परिमार्जन गरेका थिए ।
गोष्ठीका सहभागीहरुलाई आठ वटा प्राथमिकीकरणका आधारहरु उपलब्ध गराइएको जिविसका योजना अधिकृत गिरिराज ज्ञवालीले बताए ।
उनका अनुसार ती आधारहरु गरिबी निवारण, स्थानीय स्रोत र साधनको उपयोगिता, बढी जनसहभागितामा आधारित योजना, रोजगारी तथा आय वृद्धि, समावेशी, कम समय र कम लगानीमा बढी प्रतिफल दिन, क्रमागत अधुरो योजना र वातावरणीय दिगोपना रहेका छन् ।
गोष्ठीमा गाविस प्रतिनिधिहरुबाट भौतिक निर्माणअर्न्तर्गत सडक निर्माण र खानेपानी योजना बढी प्रस्ताव गरिएको उनले बताए ।
गोष्ठीमा इलाका नं १ र ११ मध्यपुर थिमी परेको हुँदा गाविस पर्ने इलाकाहरुबाट योजनाहरु प्रस्ताव भएका थिए । जसअनुसार इलाका नं २ बाट दुवाकोट गाविसका सचिव खगेन्द्रप्रसाद दाहाल, ३ बाट चाँगुका सचिव ध्रुवबहादुर श्रेष्ठ, ४ बाट वागेश्वरी गाविसका पर्ूवअध्यक्ष राधाकृष्ण लामिछाने र ५ बाट ताथली गाविस सचिव देवराज चौलागाईंले योजना प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यस्तै इलाका नं ६ बाट नंंखेल गाविस सचिव रामप्रसाद पन्थी, ७ बाट सिपोडोलका सचिव नानीराम थापा, ८ बाट कटुञ्जेका सचिव लेखनाथ भट्टर्राई, ९ बाट सिरुटारका सचिव लोकबहादुर थापा र १० बाट बालकोटका सचिव बद्री नेपालले छनोट भएका योजना प्रस्तुत गरेका थिए ।

Post Comment View Comment ( 0 ) Write own
 
Related Article
 
a
पचपन्न हाते लिंगो ढालियोर्
भक्तपुर, १ वैशाख ः बिस्केटजात्राको मुख्य जात्रा मानिने लिङ्गो जात्रा बुधबार सम्पन्न भयो । चैत मसान्त एवं मंगलबार करिब ३५ हात लामो दुइटा ध्वजासहितको ठड्याइएको ५५ हाते लामो काठको लिंगो बुधबार ढालिएपछि लिङ्गो जात्रा सम्पन्न भएको हो । | More..

a
प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट
प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छें -रोहित) बीच सुरक्षा अंगको मापदण्डअनुसार माओवादी लडाकूहरुको समायोजन गर्ने सहमति भएको छ । | More..

a
कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे
नारायणमान बिजुक्छेंले कांग्रेस र एमालले माओवादीसामु आत्मर्समर्पण गरेको कारण देश जटिल राजनीतिमा फसेको आरोप लगाएका छन् । | More..

 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

भक्तपुरमा इलाकास्तरीय योजना तर्जुमा गोष्ठी :. Mero Mero Bhaktapur, Naturally beautiful