Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Article 
 
Picture of the day  
 
श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल
-कृष्ण प्रजापति 
काठमाडौं उपत्यका परापर्ूवकालदेखि नेवार जातिले बसोबास रहँदै आएको स्थान हो । यहा“ बाहिरबाट बसोबास गर्न आएका अन्य भाषाभाषि तथा जनजातिले समेत यहा“ रहन स्थानीय मातृभाषा नेपालभाषा बोल्ने गर्थे । ब्यापार तथा रोजगारको सिलसिलामा यहा“ रहने शर्मा, मिश्र, सुवेदी लगायत अन्य जातिले नेवार जातिले बोल्ने नेपालभाषालाई पछि गएर आफ्नो मातृभाषा सरह नै अंगाल्ने गरिएकाले उनीहरु नेवार हुन् कि भन्ने भ्रम समेत पर्न गएको छ । 
यहा“ विभिन्न पेशा र उद्योग गर्ने नेवार समुदायले बसोबास गर्ने गरेको थियो । तैपनि परापर्ूव कालदेखि कृषि र कृषिजन्य उत्पादनलाई मूल पेशाको रुपमा अंगालेको पाइन्छ । केहीं जातीय समुदाय भित्र आफूलाई समाहित गर्दै प्रजापति समुदायले दैनिक उपभोग्य सामग्रीहरु माटोको भा“डाकुंदा तथा सजावतका सामग्रीहरु समेत उत्पादन, प्रशोधन तथा विक्रि वितरण गर्दै आइरहेका छन् । स्थानीय बाहुल्यता भएको नेवारहरुका कारण प्रजापति जातिले उपत्यकामा नेपालभाषालाई आफ्नो मातृभाषाका रुपमा अंगाल्ने गरेका छन् । त्यसैगरी नेपालमण्डल बाहिर भने स्थानीय बाहुल्यता भएको भाषा बोल्ने समुदाय पनि प्रजापति जाति भित्र रहेको पाइन्छ । 
प्रजापति जातिको परम्परागत कार्य नै माटोको भा“डाकुंदा उत्पादन तथा बिक्रि वितरण रह“दै आएको पाइन्छ । खानीबाट माटो ल्याउने, त्यसलाई मुछेर आवश्यक पदार्थ मिर्साई भा“डा बनाउन तयारी गर्ने तथा आफ्नो सीप र लगन उपयोग गरी विभिन्न किसिमका माटोको भा“डा बेच्न जाने यो समुदाय अत्यन्तै मेहनती समुदाय भित्र पर्दछ । 
पसलमा हाल आएर आधुनिक भा“डाकुंदाको चापले यो पेशा गरि खाने समुदायमा केहीं सिथिलता देखा परेपनि परम्परागत माटोको चुल्हो तयार पार्ने अवाल प्रजापतिहरु, सजावतका सामान तयार पार्ने खास गरी हाकुज्या प्रजापति समुदाय र्रर् इटा भट्टा ब्यवसाय गरेर जिउने गरेका समुदायले निरन्तर आफ्नो पेशालाई अंगालिरहेका छन् । तर आधुनिकतासंगको प्रतिश्पर्धामा सीप भएका नेवार समुदायका प्रजापति जातिले समेत आफ्नो कूल देवता विश्वकर्मा पूजा, ला“ पूजा लगायत सांस्कृतिक जीवन चलाउन धौधौ पर्न थालेको छ । तैपनि विवाह, ब्रतबन्ध, बेल विवाह, र्सर्ूय दर्शन लगायत जन्मे देखि मृत्यु पर्यन्त सांस्कृतिक जीवनका हरेक पक्षमा माटोको भा“डाकुंदा र कांचो माटोकोर् इट्टा प्रयोगमा आएबाट हाल सम्म पनि सांस्कृतिक जीवन पद्धतिमा प्रजापति जातिलाई गौण भने गर्न सकेको छैन । 
प्रजापति समुदायलाई कुम्हः, कुम्हाः, कुम्हाले, कुम्हाकार आदि नामले सम्वोधन गर्ने गरिएको पाइन्छ । त्यसमा पनि भारत लगायत दक्षिणपर्ूव एशियामा यस समुदायले कुम्भकार भनेर चिन्ने गरिएको पाइन्छ । जसको पेशा माटोको भा“डाकुंदा बनाएर जीवन निर्वाह गर्नु नै हो । 
उत्पत्यकामा प्रजापति उत्थान समाज, राष्ट्रिय प्रजापति समाज लगायतका संघ संस्थाले प्रजापति वा कुम्हाले जातिको जातीय पहिचान सहित पेशागत पर््रवर्द्धनका लागि समय समयमा आवाज घन्काइए तापनि हाल सम्म समग्र प्रजापति तथा राष्ट्रभरका प्रजापतिहरुको मूलभूत समस्या प्रति भने ध्यान दिन सकेको छैन । 
विदेशमा माटोको भा“डा बनाउने प्रजापति समुदायको उत्थान र विकासका लागि राज्यबाटै सहुलियत दिने गरेका उदाहरणहरु छन् । छिमेकी देश चीन र भारतले माटोको अत्याधुनिक चमक्दार तथा आकर्ष दैनिक उपभोग्य तथा घरायसी सजावटका सामग्री उत्पादन तथा विक्रि वितरणबाट विदेशी मुद्रा समेत आर्जन गरिएको घटनाबाट यो कुरा पुष्टि हुन्छ । राज्यबाट सहुलियत र सुविधा पाउने हो भने नेपाल पनि चीन, भारत, जापान, सिंगापुर लगायत माटोको पर््रवर्द्धन गरी खान सक्ने राम्रो खनिज भएको देश भित्र पर्दछ । 
यो समुदायको साझा पहिचान भनेको परम्परागत रुपमा माटोको भा“दा निर्माण गर्नुलाई नै आधार मान्न सकिन्छ । त्यसैगरी दक्षिणपर्ूव एशियाको कुरा गर्ने हो भने विश्वकर्मा पूजा गर्ने परम्परा पनि आधिकारिक मानिन्छ । 
मानव जाति को सृष्टिकाल देखि नै माटोको भा“डाकुंदा प्रचलनमा आएको पाइन्छ । दक्ष प्रजापतिको पौरानिक इतिहास पल्टाउने हो भने पनि हालका प्रजापति कुनै बखत सोही बृहत्त परिवारमा समेटिने गरिएको अनुमान गर्न सकिन्छ । मानव जातिलाई धार्मिक, सांस्कृतिक र अन्य पर्व तथा ब्यवहारमा चाहिने माटोको भा“डा तयार गरी त्यसबाट यो समुदायको जीवन निर्वाह गर्नुलाई प्रजापति समुदायको साझा इतिहास मान्न सकिन्छ । 
राज्यले यस समुदायलाई आधिकारिक मान्यता दिंदै आएको र कुनै बखत यो समुदाय राज्य सञ्चालनको प्रमुख हकदार रहेको समेत प्रमाणित हुन्छ । चा“गु म्यूजियममा देखिने माटोको मुद्रा हर्ेदा लिच्छविकाल मै यो समुदायले राज्यको उच्च अंगमा पदार्पण गर्न सफल भएको पुष्टि हुन्छ । 
कुनै पनि स्थानको खानीबाट माटो झिक्न यो समुदाय धुक्क थियो । तलेजुमा भा“डाबर्तन र पैशा चढाएकै आधारमा मूलढोका, खापी, मध्यपुर लगायतका खानबाट माटो झिक्ने र बालुवा खानीबाट बालुवा र पांगो माटो लिएर आउन यो समुदायलाई कुनै किसिमको कर तिर्नु पर्दैनथ्यो । तर आधुनिक ब्यवस्थाले यसलाई बिस्थापित गर्ने गरिएको पाइन्छ । जहा“सुकैको माटो लिएर आफ्नो उद्योग ब्यवसाय गर्न यो समुदाय स्वतन्त्र छ भन्ने कुरो कौशी टोशाखानाबाट 'माटो आवश्यक जति लिनु, कसैलाई रोकटोक छैन ।' भनी समय समयमा गरिदिएको भर्पाई र तमसुकले पनि प्रमाणित हुन्छ । गाउ“ गाउ“मा पनि प्रमुख जिल्ला अधिकारीले समेत प्रजापति समुदायको पेशा माथि हस्तक्षेप हुने गरी माटो लिन बञ्चित गर्ने प्रयास गर्दा कौशी टोसाखाना सम्म पुगेर केन्द्रबाट प्रजापति समुदायको पक्षमा फैशला सुनाएका उदाहरणहरुबाट यो समुदायको गौरवलाई कम आंकलन गर्न मिल्दैन । 
यो समुदायले परम्परागत रुपमा हिन्दू धर्म नै मान्ने गरिएको पाइन्छ । धार्मिक सहिस्नुताका कारण बौद्ध धर्मतिर पनि आकषिर्त रहेपनि जन्म देखि मृत्यु सम्मका विभिन्न पक्ष हर्ेदा यो समुदायलाई आधिकारिक रुपमा हिन्दू धर्ममा आवद्ध रहेको समुदाय मान्न सकिन्छ । माटोको भा“डाकुंदा मात्रै नभएर भक्तपुरमा त प्रसिद्ध नवदर्ुगा गणको मुकुण्डो तयार पार्न समेत यस समुदायले माटो दान दिई सहयोग गर्दै आएको पाइन्छ । त्यसैले पनि यो समुदायलाई कुनै गौण जातीय समुदया भने होइन ।  
हिजो सम्म राष्ट्रिय गौरवको रुपमा रहेको यो जाति हाल आएर सामाजिक, सांस्कृतिक तथा आर्थिक बहिस्करणका कारण उपत्यका भित्र र उपत्यका बाहिर बसेर पनि झन झन पीछडिएको समुदायमा पर्न गएको छ । राज्य नीतिका कमजोर पक्षले यो स्थिति हुन गएको महसुस गर्न सकिन्छ । राजनीतिमा पहु“च नहुनु, भएका सभासदहरु दर्ुइ चार जनाले प्रजापति समुदायको उत्थान र विकासका लागि गौण रुपमा मात्रै सोच्नु तथा जातीय पहिचानको विशिष्ठ आधार माटोको भा“डाकुंदा बनाएर बेच्ने कार्यलाई समेत बाधा पार्ने किसिमले प्लाष्टिकका सस्ता भा“डाकुंदाले बजार हस्तक्षेप गरेकाले पनि यो स्थिति देखा परेको हो । 
कुनै कुनै जातिमा मात्रै देखिने जात भ्वय् -जातीय भोज) खाने परम्परा यो समुदायमा हाल सम्म कायम छ । त्यसैगरी उपत्यका र खास भक्तपुरमा महाकाली नाच भैरव नाच जस्ता यस समुदायले सञ्चालन गर्दै आइरहेको केही परम्परागत जातीय पहिचान दिने नाच हाल लोपोन्मुख आवस्थामा छ । भक्तपुरको माथिल्लो अवस्थामा तःगुथि, सना गुथि, ख्व“ह्र गुथि लगायतका ६ वटा गुथि र तल्लो भागमा प्रमुख एउटा गुथि तथा सहायक गुथिहरु पनि लोपोन्मुख र निस्त्रिmय छन् । 
नेवार समुदाय भित्र रहेको जातीय समुदाय प्रजापति समुदायलाई भइरहेको संकट र उनीहरुको मौलिक नाच भैरव नाचमा देखा परिरहेको समस्याको विषयमा यहा“ केहीं कुरा उल्लेख गरांै ।
भक्तपुरका प्रजापतिहरु लामो समय अघि देखि मूल ढोकाको गणेश मौजा क्षेत्र, खापीको गणेश मौजा क्षेत्र लगायत मध्यपुरका विभिन्न क्षेत्रमा आफ्नो परम्परागत कार्य माटोको भा“डा बनाएर आफ्नो जीवन निर्वाह गर्दै आइरहेका छन् । बरु खेती गर्दा स्यालले समेत नघग्ने खालको कसैलाई मन नपरेका कारण त्यसै छाडिएका मसानदोलर्,र् इदोल र फ्व“य्ता जस्ता अत्यन्तै भित्र भित्र परेका न्यून बाली आउने खेतीमा खेती गर्न तयार रहे । किनभने भा“डा एक भारी किनेर बेच्न लगेपछि आउने फसलबाट प्रजापति समुदायले त्यसबेला एक दर्ुइ महिना सम्म खान पुग्ने गरी अन्न आउ“थ्यो । अब सो अवस्थाले प्रजापतिहरुले आफ्नो जीवन निर्वाह गर्न सकिने अवस्था रहेको छैन । माटो किन्नु पर्ने अवस्था छ । माटो लिनु पर्ने स्थानमा बाली लगाई राखेको खण्डमा त्यहा“ माटो लिन नदिने भएको छ । २०१६ सालतिर खरिपाटी ब्यारेक नै बनाई सकेर पनि माटो लिन लगाई राखेको खरिपाटी ब्यारेकमा हाल पनि माटो लिने स्थान भए पनि भित्रयाउने समेत गर्दैनन् । 
एकातिर माटो लिनेमा यस प्रकार समस्या उत्पन्न भइरहेको छ भने अब बालुवा लिन पनि पैशा तिर्नु पर्छ । पहिला तलेजुमा एक दाम तिरेपछि वा भा“डा एक जोर बुझाएपछि एक वर्षसम्म जहा“ गएर माटो लिन पनि स्वतन्त्र हुन्थ्यो । जुनसुकै खोलाबाट पांगो माटो वा बालुवा झिक्नु परे पनि कसैलाई केहीं सोध्नु पर्दैनथ्यो । अनि नालाछाप, चा“गुनारायण, सल्लाघारीको डा“डाबाट स्याउला बटुलेर ल्याउन पनि कसैलाई केहीं सोध्नु पर्दैनथ्यो । खुरुखुरु बिहान सबेरै उठेर खाना खाउनु अघि स्याउलाको भारी बोकेर ल्याउने हर्ेन लायक थियो । आज यो दृश्य हाम्रो कल्पनामा ल्याउन गाह्रो भइसकेको छ । 
वास्तवमा समुदायद्वारा सञ्चालित वन पैदावारमा हामी कुम्हालेहरुको मनपरी ढंगले स्याउला लिन नपाउने भएदेखि नै ती बस्तुहरु किन्नुपर्ने अवस्था आयो । त्यसले गर्दा प्रजापतिहरुको जीवन एक पाइला पछि पर्यो । स्थानीय निकायबाट बालुवा एक ट्रीपको पा“च सय, आठ सय, एक हजार लिन शुरु गरेपछि खर्पण बोकेर बालुवा लिन जाने प्रजापतिहरुसंग पनि कर लिन थालियो । जसले गर्दा ब्यवभार बढ्न गयो । पहिला सितैमा कालो माटो लिई, सितै स्याउला प्रयोग गरी, सितैमा बालुवा र पांगो माटो ल्याएर उत्पादन गर्ने भा“डाकुंदा बेचेर दाम होइन अन्न बोराका बोरा ल्याउने भएका कारण खान पुग्थ्यो, बेच्न सकिन्थ्यो । तर हाल आएर समस्या भनेको रकम आउने भएपनि त्यसबाट किन्ने अन्न त्यसबेला एक भारी बेच्ने बखत आउने अन्नको आधिको आधि पनि नआउने भइसकेको छ । 
यस प्रकार आर्थिक रुपमा पछि परेको, बजार पर््रवर्द्धन नभएको र काम गर्ने वातावरण नभइरहेको कुरामा स्थानीय निकायको ध्यान नगएका कारण प्रजापतिहरुको जीवन संकटमा पर्न गएको छ । आर्थिक रुपमा विकास गर्न नसकेका कारण पहिला आर्थिक समृद्ध भइरहेको बखत यस समुदायले संचालन गर्दै आइरहेको भैरव नाच पनि संकटमा छ । 
प्रजापतिहरु बीच पनि भक्तपुरमा माथिल्लो ह्याउ“ज्या प्रजापति, तल्लो हाकुज्या प्रजापति र तुथिमलाका अवाल प्रजापति समेत गरी तीन थरीका तीनै बटा भेरव नाच निर्माण भइराखेका छन् । सो नाच जनैपूणिर्मा र गाईजात्रामा नगर परिक्रमा गराउने चलन छ । तर आज आएर आर्थिक लाभ केहीं नभएको, भैरव नाच सिक्ने नया“ पुस्ता तयार नभएको र नाच सिकाउने गुरु गण पनि बुढापाका हुन थालेकाले पनि यो नाच यो समुदायले अव कति वर्षसम्म कायम गर्न सकिने हो भन्ने प्रश्न खडा भएको छ । 
शायद भक्तपुरमा भैरव नाच भनेको कुम्हाले समुदायले मात्रै सिकेर सिकाएर संरक्षण गरिरहेको यस समुदायको गौरवले भरिएको नाच हो । तर कहिले बिगूल फुक्ने नहुने, कहिले शेर सिंह निकाल्दा बोल बोल्न जान्ने नहुने र कहिले कलाकार भइरहेकाहरु नै विभिन्न कारण विरामी परी नाच देखाउन नसकिने जस्ता संकट देखा परिरहेको छ । स्थानीय निकायमा जनप्रतिनिधिहरु रहेका बेला भक्तपुरमा भक्तपुर नगरपालिकाले बाषिर्क लाखौं रुपिया“ यस्तै भैरव नाच, महाकाली नाच, देवी नाच, नागाचा नाच, हनुमान नाच, मयूर नाच, खः प्याखं, नतुवाचा प्याखं जस्ता परम्परागत नाचहरुलाई सहयोग गरिरहेको थियो । 
हाल आएर सरकारले गुथिको जग्गा रैटानी गरिसकेको छ । कयौं जग्गा ब्यक्तिको नाममा गइसकेको छ । त्यसकारण प्रजापतिहरुले त्यस्तै गुथि जग्गा र बालीको भरमा चलाउ“दै आएका भजन, ढल्चाको साथै भैरव नाच पनि संकटमा छ । स्थानीय निकायमा जनप्रतिनिधिहरु नभएका कारण पनि त्यस प्रकारको सहयोग नभएकाले विभिन्न नाचहरु बाहिर ल्याउन सकेका छैनन् । यस हिसावले नया“ संविधानमा स्थानीय निकायलाई नै यस प्रकारको स्थानीय धर्म संस्कृतिको संरक्षण गर्ने मौका दिनु पर्दछ । अनि मात्रै वास्तविक संरक्षण हुनेछ । 
भक्तपुरका प्रजापतिहरुमा देखा परेको यो समस्या मध्यपुर थिमिका प्रजापतिकहरुलाई पनि त्यस्तै देखा परिरहेको छ । प्रजापतिहरुको ठूलो समुदाय बासोबास गर्दै आइरहेको मध्यपुर थिमिमा पनि माटो लिने समस्या देखि स्थानीय समुदायले चलाउ“दै आइरहेको जात्रापर्व संकटमा छ । यो संकटको मोचन गर्नका लागि गुथि संस्थानलाई सवल गरी स्थानीय ब्यक्तिहरु नै गुथि संस्थानमा पदाधिकारीको रुपमा काम गर्नु आवश्यक छ । 
कुम्हालेहरुको माटो झिक्ने देखि लिएर भा“डा बेच्ने बजार पर््रवर्द्धनको समस्यालाई समाधान गर्न गुथि संस्थान र राज्यबाट नै नया“ संविधानमा समावेश गर्ने प्रयास हुनर्ुपर्दछ । अब नया“ संविधान आउने अवस्था सम्ममा प्रजापति समुदायलाई एक मान्यता प्राप्त औद्योगिक प्रतिष्ठान बनाएर त्यसमा सम्पर्ूण्ा प्रजापति समुदायको संरक्षण उन्नति र प्रगति भित्र प्रजापति समुदाय पनि एक चम्किलो तारा बनेर अडिन सक्दछ । नभए काग कर्राई रहन्छ, पिना सुकिरहन्छ भने झैं हाम्रो अगाडि देखा परिरहेका आर्थिक, सामाजिक र सांस्कृतिक संकट आज जस्तो छ भोलि पनि त्यसै कायम रहनेछन् । 
Post Comment View Comment ( 0 ) Write own
 
Related Article
 
a
पचपन्न हाते लिंगो ढालियोर्
भक्तपुर, १ वैशाख ः बिस्केटजात्राको मुख्य जात्रा मानिने लिङ्गो जात्रा बुधबार सम्पन्न भयो । चैत मसान्त एवं मंगलबार करिब ३५ हात लामो दुइटा ध्वजासहितको ठड्याइएको ५५ हाते लामो काठको लिंगो बुधबार ढालिएपछि लिङ्गो जात्रा सम्पन्न भएको हो । | More..

a
प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट
प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छें -रोहित) बीच सुरक्षा अंगको मापदण्डअनुसार माओवादी लडाकूहरुको समायोजन गर्ने सहमति भएको छ । | More..

a
कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे
नारायणमान बिजुक्छेंले कांग्रेस र एमालले माओवादीसामु आत्मर्समर्पण गरेको कारण देश जटिल राजनीतिमा फसेको आरोप लगाएका छन् । | More..

 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल :. Mero Mero Bhaktapur, Naturally beautiful