Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Article 
 
Picture of the day  
 
कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे

-ईश्वरकाजी खाइजू
भक्तपुर, २४ फागुन ः नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छेंले कांग्रेस र एमालले माओवादीसामु आत्मर्समर्पण गरेको कारण देश जटिल राजनीतिमा फसेको आरोप लगाएका छन् ।

 

 

 

 

 

 

फोटो क्यापसन १) शारदा क्याम्पसको १९ औं वाषिर्कोत्सव कार्यक्रमका सहभागी । 

भक्तपुर कमलविनायकस्थित शारदा क्याम्पसको १९ औं वाषिर्कोत्सवको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले उक्त आरोप लगाएका हुन् ।

माओवादीले जनव्रि्रोह गर्ने र सशस्त्र संर्घष्ा दिने भनी दिएको धम्कीबाट डराएर कांग्रेस र एमालले माओवादीसामु लम्पसार परेको उनको कथन थियो ।

उनले माओवादीको डर, धम्की र बलको राजनीतिबाट पछाडि नहट्न र माओवादीका हरेक शर्तहरुलाई नमान्न कांग्रेस र एमालेका शर्ीष्ा नेताहरुलाई सचेत गर्दा पनि कुनै सुनुवाइ नभएको बताए ।

'पहिल्यै कांग्रेस र एमालेका शर्ीष्ा नेताहरुलाई माओवादीप्रति आलोचनात्मक दृष्टिकोण राख्नर्ुपर्छ, उनी -माओवादी) हरुको हरेक शर्तहरु मान्दै जाने हो भने पछि झन् झन् पेल्छ भनेको थिएँ', उनले भने, 'आखिरमा माओवादीले त्यस्तै गर्‍यो र उसको कुरा सम्बोधन भएन भने त्यही जनव्रि्रोह गर्ने र सशस्त्र संर्घष्ा गर्ने धम्की देखाउँदै गयो ।'

अध्यक्ष बिजुक्छेंले कांग्रेस, एमाले र माओवादी इमानदार बने जेठ १४ गतभित्रै नयाँ संविधान आउने बताए ।

'तीन ठूला दलले बीचमा कुनै बाधा व्यवधान खडा गरेनन् भने जेठ १४ गतेभित्र नयाँ संविधान बन्छ', उनले भने ।

माओवादीले जातीय राज्य घोषणा गरे संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना गरेको उनले आरोप लगाए ।

जातजाति र भाषाभाषीको आधारमा राज्य पर्ुनर्संरचना गरिए जातीय द्वन्द्व बढेर मुलुक विखण्डनमा जानसक्ने उनको धारणा थियो ।

उनले समयमै संविधान नबन्ने स्थिति भएमा आवश्यकताअनुसार संवैधानिक व्यवस्थाअनुसार संविधानसभाको म्याद बढाइनुपर्ने विचार व्यक्त गरे ।

अध्यक्ष बिजुक्छेंका अनुसार समयमै नयाँ संविधान बनाउन नसकिए संविधानसभालाई भंग गरेर व्यवस्थापिका-संसदको भूमिकामात्र यथावत राख्नर्ुपर्छ ।

संविधानसभा भंग गर्नुअघि संविधान निर्माण गर्न आवश्यक आयोगहरु भने संविधानसभाले गठन गरिसक्नुपर्ने उनको जोड थियो ।

शारदा सामुदायिक क्याम्पसको व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष लक्ष्मीनारायण ताम्राकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा त्रिवि शिक्षाशास्त्र संकायका डीन प्रा.डा. प्रकाश श्रेष्ठ, परीक्षा नियन्त्रक दयामान कर्माचार्य, सेरिडका कार्यकारी निर्देशक अरविन्दलाल भोमी, विश्वविद्यालय अनुदान आयोगका प्रशासकीय प्रमुख सुभास ढुंगेल, प्रा. पृथुचरण वैद्यलगायतले नेपालको उच्च शिक्षाको विकास र विस्तारमा सामुदायिक क्याम्पसहरुको योगदान रहेको बताए ।

क्याम्पस प्रमुख कृष्णगोपाल कुसीका अनुसार हाल क्याम्पसमा स्नातक तहमा ९२ जना, एकवर्षो बीएडमा १० जना, दश जोड दर्ुइमा दर्ुइ सय दर्ुइ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

उनले आगामी आर्थिक वर्षा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।

Post Comment View Comment ( 0 ) Write own
 
Related Article
 
a
पचपन्न हाते लिंगो ढालियोर्
भक्तपुर, १ वैशाख ः बिस्केटजात्राको मुख्य जात्रा मानिने लिङ्गो जात्रा बुधबार सम्पन्न भयो । चैत मसान्त एवं मंगलबार करिब ३५ हात लामो दुइटा ध्वजासहितको ठड्याइएको ५५ हाते लामो काठको लिंगो बुधबार ढालिएपछि लिङ्गो जात्रा सम्पन्न भएको हो । | More..

a
प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट
प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छें -रोहित) बीच सुरक्षा अंगको मापदण्डअनुसार माओवादी लडाकूहरुको समायोजन गर्ने सहमति भएको छ । | More..

a
कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे
नारायणमान बिजुक्छेंले कांग्रेस र एमालले माओवादीसामु आत्मर्समर्पण गरेको कारण देश जटिल राजनीतिमा फसेको आरोप लगाएका छन् । | More..

 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे :. Mero Mero Bhaktapur, Naturally beautiful