Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Article 
 
Picture of the day  
 
प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट
-ईश्वरकाजी खाइजू
भक्तपुर, २९ फागुन ः प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छें -रोहित) बीच सुरक्षा अंगको मापदण्डअनुसार माओवादी लडाकूहरुको समायोजन गर्ने सहमति भएको छ ।
फोटो क्याप्सन: भक्तपुर कमलविनायकस्थित बिजुक्छें निवासमा शनिबार भेटवार्ता गर्दै प्रम माधवकुमार नेपाल र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें ।
भक्तपुर कमलविनायकस्थित नेमकिपा अध्यक्ष बिजुक्छेंको निवासमा शनिबार भएको एकघण्टा लामो भेटवार्तामा दर्ुइ नेताबीच माओवादी लडाकूलाई उनीहरुको योग्यता र क्षमताको आधारमा सुरक्षा निकायको मापदण्डअनुसार सेना र प्रहरीमा भर्ना लिने सहमति भएको हो ।
त्यस्तै दर्ुइ नेताबीच जेठ १४ गतेभित्रै जनपक्षीय संविधान बनाउने र जतिसक्दो चाँडो स्थानीय निकायमा जनप्रतिनिधिहरुको व्यवस्था गर्ने र जातजाति तथा भाषाभाषीको आधारमा राज्य पुनर्संरचनामा नजाने सहमति भएको छ ।
ज्ाातजाति र भाषाभाषीको आधारमा संघीय राज्य बनाइए देश विखण्डनमा जाने र देशवासीबीच नै जातीय हिंसा भड्केर साम्प्रदायिक सद्भाव खलबलिने हुँदा राष्ट्रिय एकता कायम राख्नुपर्ने विषयमा दर्ुइ नेता सहमत भएका हुन् ।
नेपाली सेनामा माओवादी लडाकूको 'समूहगत प्रवेश' अस्वीकार गरेको अभिव्यक्ति र्सार्वजनिक गरेको दिन भएको भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले माओवादी लडाकूहरुलाई सीधै नेपाली सेनामा समायोजन नगर्ने विषयमा दर्ुइ नेताबीच कुरा मिलेको जानकारी दिए ।
उनले भने, 'माओवादी लडाकूहरुले नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीमा सीधै भर्ना पाउने होइन, तिनीहरु -लडाकू) ले सुरक्षा निकायको मापदण्ड पूरा गर्नुपर्छ भन्ने कुरामा रोहितजी र सरकारको कुरा मिलेको छ ।'
उनअनुसार माओवादी लडाकूको समूहगत प्रवेशभन्दा पनि योग्य र सक्षम लडाकूकोमात्र सुरक्षा अंगहरुमा समायोजन गरिनेछ ।
लडाकू व्यवस्थापन गर्दा अपनाइने प्रक्रियाअर्न्तर्गत माओवादी लडाकूहरुले सेना, सशस्त्र र प्रहरीको भर्ना प्रक्रिया मान्दैनौं भन्न नपाइने प्रम नेपालको भनाइ थियो ।
उनले सेना, सशस्त्र वा प्रहरीमा माओवादीका तीन हजारभन्दा बढी लडाकूलाई समायोजन नगरिने स्पष्ट पारे ।
'उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सेना र प्रहरीमा माओवादीका तीन हजारभन्दा बढी लडाकू समायोजन गरिंदैन भन्नुहुँदा प्रचण्डले कुनै प्रतिक्रिया दिनुभयो', उनले भने, 'त्यसैको आधारमा सरकारले पनि तीन हजार माओवादी लडाकूको व्यवस्थापनमा जोड दिएको छ ।'  
    सरकार परिवर्तनको कुनै कुरा नभएको बताउँदै प्रम नेपालले माओवादी सरकारमा आउन चाहे संसदमा बहुमत पुर्‍याएर आउन सुझाव दिए ।
    'संसद्मा बहुमत पुर्‍याएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव लिएर आउँछ भने त्यसको स्वागत गर्नुपर्छ', उनले भने ।
    न्ोमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकारले आफ्नो दलले दिएको १८ बुँदे शर्त पूरा गर्नेतर्फसरकारको ध्यानाकर्षा गर्दै अहिलेसम्म एउटा बुँदा पनि कार्यान्वयनमा नआएकोले सरकारको विरोध गरी प्रतिपक्षमा बस्ने पार्टर्ीी निर्ण्र्ाागरेको जानकारी दिएको बताए ।
भ्ोटमा सरकार परिवर्तनको बारे कुनै कुरा नभएको बताउँदै अध्यक्ष बिजुक्छेंले भने, र्'वर्तमान अवस्थामा जनपक्षीय संविधान निर्माण गर्नुको विकल्प छैन । नयाँ संविधान जारी नभएसम्म सरकार परिवर्तनतर्फध्यान दिन हँुदैन ।'
उनले संविधानसभाको संवैधानिक समितिले बोलाएको र्सवदलीय बैठकमा एमाओवादी, कांग्रेस, एमालेलगायत सबैले संविधान बन्नर्ुपर्छ भन्ने प्रतिवद्धता व्यक्त गरेको हुँदा समयमै संविधान बन्छ र नबने दलहरुले जनतालाई विश्वासघाट गरेको सावित हुन्छ भने ।
संविधान बनिसकेको ठट्टा गर्दै अध्यक्ष बिजुक्छेंले त्यसलाई दलहरुले स्वीकार गर्ने या नगर्ने अन्तिम निर्ण्र्ााात्र बाँकी रहेको बताए ।
उनले नयाँ संविधान नबनेसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन भइरहे देशमा थप हत्या, हिंसा, अराजकता, भ्रष्टाचार बढ्ने हुँदा जनप्रतिनिधिको व्यवस्था गर्न प्रमलाई सुझाव दिएको बताए ।
स्थानीय निकायमा जनप्रतिनिधिको व्यवस्थ ागर्न प्रमले सहमति जनाएको र त्यसको अन्य दलहरुसँग पनि छलफल गर्ने सहमति भएको अध्यक्ष बिजुक्छेंले जानकारी दिए ।
उनले देश र जनताको हितमा रहेका नेमकिपाका शर्तहरु कार्यान्वयनमा नआउनुमा एमाले अध्यक्ष झलनाथ खनाल दोषी रहेको बताए ।
दिनको १२ः३० बजे बिजुक्छें निवासभित्र पसेका प्रम १ः४५ बजे बाहिरिएका थिए । दर्ुइ नेताबीचको भेटमा नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापति, कोषाध्यक्ष चैत्यराज शाक्य र विदेश विभाग प्रमुख प्रेम सुवालको उपस्थिति थियो ।
Post Comment View Comment ( 0 ) Write own
 
Related Article
 
a
पचपन्न हाते लिंगो ढालियोर्
भक्तपुर, १ वैशाख ः बिस्केटजात्राको मुख्य जात्रा मानिने लिङ्गो जात्रा बुधबार सम्पन्न भयो । चैत मसान्त एवं मंगलबार करिब ३५ हात लामो दुइटा ध्वजासहितको ठड्याइएको ५५ हाते लामो काठको लिंगो बुधबार ढालिएपछि लिङ्गो जात्रा सम्पन्न भएको हो । | More..

a
प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट
प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छें -रोहित) बीच सुरक्षा अंगको मापदण्डअनुसार माओवादी लडाकूहरुको समायोजन गर्ने सहमति भएको छ । | More..

a
कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे
नारायणमान बिजुक्छेंले कांग्रेस र एमालले माओवादीसामु आत्मर्समर्पण गरेको कारण देश जटिल राजनीतिमा फसेको आरोप लगाएका छन् । | More..

 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट :. Mero Mero Bhaktapur, Naturally beautiful