Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Recent Article 
 
Picture of the day  
 
पचपन्न हाते लिंगो ढालियोर्
-इश्वरकाजी खाइजू
भक्तपुर, १ वैशाख ः बिस्केटजात्राको मुख्य जात्रा मानिने लिङ्गो जात्रा बुधबार सम्पन्न भयो । चैत मसान्त एवं मंगलबार करिब ३५ हात लामो दुइटा ध्वजासहितको ठड्याइएको ५५ हाते लामो काठको लिंगो बुधबार ढालिएपछि लिङ्गो जात्रा सम्पन्न भएको हो ।
भक्तपुर नपा वडा नं ११ स्थित योसिंखेलमा मंगलबार ठड्याइएको लिङ्गो बुधबार भैरवनाथअगाडि ढलाइँदै ।
div>हजारौं जात्रालुहरुको सहभागितामा बुधबार ६ बजे उक्त लिङ्गो ढालिएको हो । लिङ्गो ढालिनुअघि आठवटा डोरीले आठ दिशाबाट तानेर लिङ्गो हल्लाउँदा भक्तपुर नपा वडा नं ११ स्थित योसिंखेलमा उपस्थित हजारौं जात्रालुहरु रोमाञ्चित भएका थिए ।
यस प्रक्रियालाई स्थानीय नेवारी भाषामा 'यमसिं न्ह्योलंब्वाकेगु' -लिङ्गोलाई झुम्याउने) भनिन्छ । बुधबार लिङ्गो ढाल्नुअघि यसरी तीनपटक झुम्याउने गरिन्छ । लिङ्गो जात्राको प्रमुख आकर्षा एवं विशेषता नै त्यस प्रकार लिङ्गोलाई झुम्याउनु हो । यसरी झुम्याउने प्रक्रिया आठ डोरीमध्ये जतातिर बढी जात्रालुको सहभागिता हुन्छ त्यतातिर लिङ्गो ढल्किन्छ ।
लिङ्गो ढल्ला जस्तो गरी यसरी झ्म्याउँदा जात्रालुहरुको जीउ पनि उतैतिर ढल्किने हुँदा नै उक्त प्रक्रिया रोमाञ्चक हुने गर्दछ ।
यसवर्षलिङ्गो ढाल्ने क्रममा पनि नयाँ प्रयोग भएको छ । मंगलबार लिङ्गो ठड्याउँदा इतिहासमै पहिलोपल्ट फलामको कैची प्रयोग गरिएको थियो भने बुधबार लिङ्गो ढल्ने दिशातिर भुसले भरिएका बोराहरु राखिएका थिए ।
डोरीको सहायताले तानेर लिङ्गो ढाल्दा ढुंगा छापिएको भर्ुइंमा परेर लिंगो उछिटिएर जात्रालुलाई लागेपछि त्यसो हुन नदिन भुसको बोरा प्रयोग गरिएको थियो । यसले गर्दा यसवर्षलिङ्गो ढाल्दा पनि कुनै किसिमको मानवीय क्षति भएन ।
लिङ्गो जात्रा विर्सजन गरिएपछि बुधबार राती नै गःहिटीमा भैरवनाथ र भद्रकालीको रथ तीनपटक जुधाइएको थियो । यसलाई धार्मिक रुपमा भैरव र भद्रकालीको समागम गराइएको मानिन्छ ।
यस्तै लिङ्गा ढालिइसकेपछि अष्टमातृकाको जात्राअर्न्तर्गत वाराहीको 'टिप्वा' -निगालोको मुठ्ठा बाल्ने) जात्रा सम्पन्न गरिएको छ ।
नो रात आठ दिन चल्ने बिस्केटजात्राअर्न्तर्गत बिहीबार भक्तपुरमा कुनै किसिमो जात्रा हुनेछैन भने शुक्रबार अष्टमातृकाको जात्राअर्न्तर्गत महाकाली र महालक्ष्मी, शनिबार माहेश्वरी र ब्रम्हायणी र आइतबार छुमा गणेशको जात्रा हुनेछन् ।
यसैबीचमा वैशाख ४ गते भक्तपुर नगरभरिका देवीदेवीहरलाई सगुन चढाउने 'द्य स्वगंबियगु' जात्रा र वैशाख ५ गते भैरवनाथको रथलाई टौमढीमा ल्याइने 'द्य थहाँ बिज्याइगु' भएपछि यसवर्षो बिस्केट जात्रा सम्पन्न हुनेछ । यसै दिन भक्तपुर नपा वडा नं १२ मा ठड्याइएको हात नभएको लिङ्गो ढाल्ने कार्य हुने गर्छ ।
त्यस्तै बिस्केट जात्राअर्न्तर्गत नै बिहीबार मध्यपुर थिमीस्थित बोडेमा ज्रि्रो छेड्ने तथा सिन्दुरजात्रा हुनेछ । 

Post Comment View Comment ( 0 ) Write own
 
Related Article
 
Catagory :: About Bhaktapur

पचपन्न हाते लिंगो ढालियोर्
भक्तपुर, १ वैशाख ः बिस्केटजात्राको मुख्य जात्रा मानिने लिङ्गो जात्रा बुधबार सम्पन्न भयो । चैत मसान्त एवं मंगलबार करिब ३५ हात लामो दुइटा ध्वजासहितको ठड्याइएको ५५ हाते लामो काठको लिंगो बुधबार ढालिएपछि लिङ्गो जात्रा सम्पन्न भएको हो । | More..
About Bhaktpaur
About Bhaktapur | More..

 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

:. Mero Mero Bhaktapur, Naturally beautiful