Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Recent Article 
 
Picture of the day  
 
शीवरात्री पर्वको महिमा
-ओम प्रसाद धौभडेल
विश्वको हिन्दु धर्म मान्ने केही राष्ट्रमा नेपाल प्राचीन कालदेखि नै शैव धर्मको केन्द्र रही आएको छ । यो धर्म नै यहाँको सर्व्ााचीन धर्म मानिन्छ । त्यसो त विश्वमा हिन्दु धर्मको इतिहासमा शैवमतको लामो इतिहास नभएको होइन । इशापर्ूव चार हजार बर्षअगाडि नै प्राचीन सिन्धु घाँटी सभ्यतामा शिवलिगं आकृतिले स्थान पाउनु र त्यसपछि विभिन्न विकसित शिवलिगंहरुको पार्दुभाव यसको ज्वलन्त प्रमाण मानिन्छ । यता हिन्दु धर्मको बेदमा वर्ण्र्ाागरिएको रुद्ररुपी शिवको उपासना बाट नै पर्ूर्विय सभ्यतामा शैवमतले आप\mनो स्थान बनाउन संम्भव भएको थियो । यसै क्रममा शैवमत भित्र मुण्ड श्रृङखलिक, श्रृङखलिक, वशपाशुपत दान पाशुपत, लकुलिश, सोम सिद्धान्ती पाशुपत जस्ता शैव सम्प्रदायहरु म्ात्रको विकास भएको नभई एउटै शीवलाई महादेव, इशान, महेश, हर शंकर, रुद,्र गिरिश जस्ता विविध नामले पुकारेको देखिन्छ । 
नेपालमा शैवमतको यसरी विकास हुने मौका विशेष गरि लिच्छवी कालमा भएको इतिहास साक्षी छ । अंशुवर्मा, नरेन्द्र देव, शीवदेव, जयदेव जस्ता प्रभावशाली लिच्छवी राजाहरुको समयमा यहाँ शैवमत यसरी फस्टाएको थियो । तत्कालीन लिच्छवी राजाहरुल्े आफुहरुलाई "पशुपति भट्टारक ", "भट्टारक पादानुगृहित" जस्ता उपाधिबाट विभुषित गरेकेाले उनीहरुको यो धर्म प्रतिको आस्था, विश्वास अनि सद्भाव स्पष्टसँग झल्किन्छ । यता मध्यकालमा आएर शैव धर्मको साथसाथै बौद्ध ब्रजयानी मतले फस्टाउने मौका पाएपनि तत्कालीन शासकहरु शैव प्रति विशेष आस्थावान भएको थुप्रै प्रमाणहरु भेटिन्छ । गुणकामदेवले ने.स. १०७ मा राख्न लगाएको धायुबँुको अभिलेख, ने.स. २२१ र ने.स. २८२ को ताम्रपत्रबाट तत्कालीन समयमा शीवमर्ुर्ति शीबमन्दिर निर्माण गर्ने, पुजा गर्ने परम्परा अत्यधिक रहेको थाहा हुन्छ । यसमा पनि लिच्छवी राजा जयदेव द्धितीय पछि आगलागीमा परि नेपाल मण्डलको पतन भएको र पछि गुणकाम देवले देश बसाउने क्रममा विभिन्न ६४ शिवलिगं सहितको नेपाल मण्डलको निर्माण हुनुबाट तत्कालीन समयमा शैव धर्मको प्रभाव कति रहेछ, थाहा पाउन सकिन्छ । त्यस्तै जयस्थिति मल्ल, ज्योति मल्ल, यक्ष मल्ल जस्ता प्रतापी राजाहरु श्ौवमतका कट्टर अनुयायी भएकोबाट यहाँ एक से एक कलात्मक, मौलिक बास्तुकलाले भरिएको शैव सम्पदा निर्माण भएको पाईन्छ । यसरी नेपालमा शैवमतको बढ्दो प्रभावलाई निस्तेज पार्न ने.स. ४७० मा वंगालका सुल्तान शमशुद्धिनले यहाँ आक्रमण गरि ठाउँ ठाउँको देवमन्दिर नष्ट गर्ने क्रममा आराध्य देव पशुपतिनाथको शिवलिगंलाई दर्ुइ टुक्रा पारि दिएको थियो । तत्कालीन भारदार जयरामसिंह बर्द्धनले मुसलमानहरुल्ेा बिगारेको पशुपतिको शिवलिंगको ठाउँमा नयाँ शिवलिगं सहित अनेकौ ठाउँमा नयाँ शिवलिगंहरु समेत बनाउन लगाए । यहि पशुपतिनाथ आजसम्म पनि विश्वको हिन्दु धर्मको एक मात्र पावन तिर्थको रुपमा प्रख्यात रहदै आएको छ । 
जसरी पशुपतिनाथ शैवमार्गी हिन्दुहरुको एकमात्र शीव लोकको रुपमा प्रशिद्ध छ, त्यसरी नै प्रत्येक बर्षफागुण शुक्ल चतुदर्शीको दिन शैवमार्गीहरुको लागि विशेष दिन मानिदै आएको छ । जुन दिनलाई हाम्रो संस्कतिले शीवरात्रीको नाम दिएकोछ । त्यसो त हाम्रो संस्कृतिमा महत्वले भरिएका चार रात्रीहरु पाईन्छ । जसमा कालरात्री, सुखरात्री, मोहरात्री र शीवरात्री हुन । यस मध्ये शीवरात्रीको आप\mनै महत्व र स्थान छ । इशान संहितामा उल्लेख भए अनुसार र्सबप्रथम यहि दिन भगवान शीवको पार्वतीसँग विवाह भएको मानिन्छ । त्यस्तै यो दिन भगवान शीवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनको रुपमा धर्मग्रन्थहरुल्ेा ब्याख्या गरेको छ । इशान सहितामा यो दिन भगवान शीवको आराधना गरि ब्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख गरेको छ । त्यस्तै अर्काे एक धर्म ग्रन्थ अनुसार निषादराज सुन्दर सेनकनले अन्जानमै यो दिन ब्रत बस्न पुग्दा मृत्यर्ुपर्यन्त उनी शीवलेाकमा पुगी भगवान शीवको सेवक बन्न पुगेको उल्लेख छ । त्यस्तै स्कन्द पुराणमा पनि शीवरात्रीको महत्व झल्काउने क्रममा चण्ड नाम एकजना दुष्ट र उनकी पत्नीले अन्जानमा यो दिन ब्रत लिन पुग्दा भगवान शीव प्रसन्न हुन पुगी उनीहरुले शीवलोकमा बास पाएको उल्लेख छ । स्कन्द पुराणमा यति सम्म उल्लेख छ कि जो मनुष्यले यो दिन भगवान शीवको आराधना गरि ब्रत बस्दछ उसले जीवनमा दोश्रो पटक मनुष्य भई जन्म लिई आमाको दुध पिउनु पदैन । 
शीवरात्रीमा गरिने पुजा आराधना वा ब्रतको सर्न्दर्भमा भन्ने यहाँ धेरै मतभेद पाईन्छ । कतै भगवान शीवको उपासनाको क्रममा स्नान गरि शुद्ध भई वस्त्र, फलफलादी बस्तु, धुप, नैबेध दान गर्नु उत्तम मानिएको छ भने कतै कठोर उपवास वा ब्रत नै भगवान शीवलाई प्रशन्न पार्ने एकमात्र उपाय मानिएको छ । यहाँ काठमाण्डौ उपत्यका र वरिपरिको नेवार बस्तीमा शिलाचर्‍हेको रुपमा प्रख्यात यो दिन भगवान शीवको मर्ुर्ति वा मन्दिर अगाडि, टोल, चोक, दुपाटमा रातभर आगो बाली धुनी जगाई भजन किर्तन गर्ने, देवदेवालयमा महादिप बाल्ने र अन्तमा प्रसाद बाँडी खाने चलन छ । त्यस्तै कतै कतै भगवान शीवलाई प्रसन्न पार्ने हेतुले शीवको प्रिय गाँजा, भाङ, धतुरो, घोट्टा, आदिको खुल्लम खुल्ला सेवन गर्ने चलन छ । यसमा विशेष गरि भारतको ठाउँ ठाउँबाट आएका बाबा सन्यासीहरुले जोड दिएको पाईन्छ तर बास्तवमा भगवान शीवले पार्वतीलाई सम्बोधन गर्दा आफुलाई बेलपत्र मात्र चढाए पनि पर्ुण्ा हुने उद्गारबाट शीवरात्रीकोे महत्व अझ बढेको छ ।
यता शीवरात्रीको दिन सबैभन्दा ठुलो मेला देवपाटन स्थीत पशुपतिनाथको मन्दिरमा लाग्दछ । जहाँ नेपाल र भारतको विभिन्न ठाउँबाट आएका लाखौं भक्तजनहरुको घुइँचो लाग्दछ । शीवरात्रीको महत्व बुझी यो दिन नेपाल सरकारले अधिराज्यभर र्सार्वजनिक विदा दिनुको साथै पशुपतिनाथमा दर्शनार्थीहरुको लागि विशेष व्यवस्थ्ाा मिलाएको हुन्छ । यो दिन नेपाल सरकार प्रमुखको समेत यहाँ उपस्थिति हुने चलन छ । यता काठमाण्डौमा पशुपतिनाथमा धुनी बाले जस्तै पाटनमा कौल मार्गीहरुको प्रमुख देवता मच्छिन्द्रनाथको अगाडि सातवटा ओखल बाल्ने परम्परा छ । यसबाट मच्छिन्द्रनाथलाई पशुपतिनाथकै रुपमा लिएको देखिन्छ । त्यस्तै यो दिन भक्तपुरको तचपाल टोलमा रहेको प्रशिद्ध दत्तात्रय मन्दिरमा विशेष घुइँचो लाग्दछ । यहाँ नेपालीहरुको साथै भारतीय दर्शनार्थीहरुको समेत घुइँचो लाग्दछ । भगवान पशुपतिनाथको समेत गुरु मानिएको दत्तात्रयमा लाग्ने मेलाले दत्तात्रय भगवानको महिमा अरु बढेको छ । साथै यसलाई शीवरात्रीको विविधता पनि मान्न सकिन्छ । यस्तै विविध विशेषताले शीवरात्रीको महिमा अरु बढेको छ । 
Post Comment View Comment ( 0 ) Write own
 
Related Article
 
Catagory :: Religious Life

शीवरात्री पर्वको महिमा
विश्वको हिन्दु धर्म मान्ने केही राष्ट्रमा नेपाल प्राचीन कालदेखि नै शैव धर्मको केन्द्र रही आएको छ । | More..
Ihi
Ihi is also one of the most important Newari Samskara (life cycle ritual) | More..

 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

:. Mero Mero Bhaktapur, Naturally beautiful